site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ओलीको 'ढलेँ ढलेँ'मा प्रचण्डको जवाफ– हरेक दिन आलोपालोको राग किन अलाप्नुपर्‍यो ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्रीले प्रतिपक्षीमाथि उठाएका प्रश्नको जवाफ दिएका छन् ।

प्रधानमन्त्री ओलीले चालु हिउँदे अधिवेशनको पहिलो बैठकमा माघ १८ मा सरकार ढलोस् भनेर कामना गर्नेले धेरै कामना नगर्दा हुने बताएका थिए । उनले 'म त ढलेँ ढलेँ' गीत स्मरण गर्दै त्यस्तै 'सधैँ ढल्यो ढल्यो' भन्ने अत्मरतिमा नरमाउन आग्रह गरेका थिए ।

जवाफमा प्रचण्डले आफूले सरकार ढाल्ने बताएको जिकिर गरे । “प्रधानमन्त्रीजीले यही सदनमा ढलेँ ढलेँ गीत गाउनुभयो । तर, सरकार ढल्दैन भने हरेक दिन यो सरकार कहिलेसम्म चल्छ र त्यसपछि शेरबहादुरजीलाई दिन्छु किन भन्नुपर्‍यो?,” प्रश्न गर्दै प्रचण्डले भने,  “मैले यो गठबन्धन प्राकृतिक छैन भनेको छु । मैले सरकार ढाल्छु भनेको त छैन नि, यो सरकार ढल्छ भनेको हुँ ।”

उनले देउवाका आँखा र कान तगडा रहेको भन्दै आफ्नो डरको ढाल देउवालाई नबनाउन पनि प्रधानमन्त्री ओलीलाई आग्रह गरे ।

“शेरबहादुरजीका कान र आँखा तगडा छन्, धेरैपटक भनिरहनुपर्दैन,” प्रचण्डले भने, “उहाँ राम्रोसँग सुन्न र बुझ्न सक्नुहुन्छ ।”

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १५:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro