site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
विदेशबाट पनि श्रम स्वीकृति

काठमाडौं । विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ । मस्कटस्थित नेपाली दूतावासले ओमानको सलालाबाट गत  शुक्रबारदेखि यस्तो सेवा थालेको हो । 

गत शुक्रबार र शनिबार सलालामा आयोजना भएको राजदूतसँग प्रत्यक्ष संवाद, श्रमिक सचेतना, वित्तीय साक्षरता, सामाजिक सुरक्षा कोषमा आवद्धता तथा पासपोर्ट–कन्सुलरसम्बन्धी विशेष कार्यक्रममा श्रम स्वीकृति पनि प्रदान गरिएका दूतावासले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । 

Argakhachi Cement Island Ad

विभिन्न माध्यमबाट ओमान पुगेका तर श्रम स्वीकृति नभएका नेपालीलाई राजदूत डोरनाथ अर्याल र वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले संयुक्त रुपमा श्रम स्वीकृति प्रदान गरे ।  

त्यस अवसरमा राजदूत अर्यालले नेपाली श्रमिकको हकहित संरक्षणको लागि हरेक किसिमको सहयोग गर्न तत्पर रहेको बताए । 

महानिर्देशक खत्रीले श्रम स्वीकृति बिना विदेश आउँदा हुने समस्याबारे सचेत गराएका थिए । रासस

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  ०७:२४
प्रतिक्रिया दिनुहोस्