site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
थाइल्यान्डबाट नेपालले पायो १०७ रनको लक्ष्य

काठमाडौं । नेपाल महिला ट्वान्टी–२० त्रिदेशीय शृंखलामा थाइल्यान्डले घरेलु टिमसामु १०७ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङमा आएको थाइल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०६ रनको योगफल खडा गरेको हो । 

Dabur Nepal

थाइल्यान्डबाट चानिदा सुथिरुआङले सर्वाधिक २७ रन बनाइन् । यस्तै, थिपात्चा पुत्थावाङले २५ र नानपाट कोन्चिारोइन्काइले १९ रन बनाए । ओपनरद्वय अफिसारा सुवान्चोन्राथीले १७ र नाताया बुचाथामले १० रन थपे ।

नेपालकी मनीषा उपाध्यायले सर्वाधिक तीन विकेट लिइन् । चार ओभर बलिङ गरेकी मनीषाले एक मेडन फ्याक्दै १८ रन खर्चिइन् । पूजा महतो र रचना चौधरीले समान एक विकेट लिए ।

नेपाली टिम पहिलो जितको खोजीमा छ । नेपालले यसअघि नेदरल्यान्ड्ससँग २० रन, थाइल्यान्डसँग चार विकेट र पुनः नेदरल्यान्ड्ससँग १५ रनको हार व्यहोरेको थियो । थाइल्यान्ड भने प्रतियोगितामा अपराजित छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  १३:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro