काठमाडौं । अमेरिकी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी ओपनएआईले नयाँ अनुसन्धान गर्ने टुल डिप रिसर्च सार्वजनिक गरेको छ ।
सार्वजनिक टुलले विभिन्न रिपोर्टलाई अनुसन्धान विश्लेषकले झैँ विश्लेषण गर्न सक्ने कम्पनीको दाबी छ । यस्तै, यस टुलले डिप रिसर्च गर्ने र मानिसलाई घण्टौँ लाग्ने काम १० मिनेटमा गर्न सक्ने कम्पनीले जनाएको छ ।
सान फ्रान्सिस्को आधारित कम्पनीले चिनियाँ प्रतिद्वन्द्वी डिपसिकविरुद्ध विभिन्न नयाँ प्रोडक्ट सार्वजनिक गर्ने घोषणा गरेको थियो । त्यसको केही दिनमै ओपनएआईले अनुसन्धानसम्बन्धी उपकरण सार्वजनिक गरेको हो ।
डिप रिसर्चले प्रयोगकर्ताका लागि विश्लेषणको काम गर्ने कम्पनीको भनाइ छ । यो ओपनएआईको अत्याधुनिक पछिल्लो कटिङ–एज मोडल ०३ मा आधारित छ ।