site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बेलायती राजकुमार एडवार्ड नेपाल आउँदै : राष्ट्रपतिलाई भेट्ने, पोखरासम्म पुग्ने

काठमाडौं । बेलायतका राजकुमार आज (माघ २२) नेपाल भ्रमणमा आउँदै छन् । अनौपचारिक भ्रमणका सिलसिलामा श्रीमती सोफियासहित उनी नेपाल आउन लागेका हुन् । उनी बिहान १० बजे काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले स्रोतले जानकारी गराएको छ ।

आजै अपराह्न ४ बजे उनले राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने कार्यक्रम तय छ । उनी भोलि (माघ २३) ललितपुर, भक्तपुर र कीर्तिपुरका विभिन्न स्थानमा पुग्नेछन् ।

नेपालमा रहँदा उनी पोखरा पनि जानेछन् । नेपाल भ्रमण सकाएर उनी यही माघ २७ (आइतबार) गते फिर्ता हुनेछन् । उनी नेपाल मात्र नभएर दक्षिण एसियाका विभिन्न मुलुकको भ्रमणमा निस्किएका स्रोतको भनाइ छ ।

बेलायती राजपरिवारका सदस्य एडवर्ड रानी एलिजाबेथ द्वितीयाका कान्छा सन्तान हुन् । अर्थात्, उनी वर्तमान राजा चार्ल्स तृतीयाका कान्छा भाइ हुन् । बेलायतको राजगद्दीको उत्तराधिकारीमध्ये हाल उनी १५औँ नम्बरमा छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  ०९:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro