site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सशस्त्र प्रहरीलाई विपद् तालिम

काठमाडौं । सशस्त्र प्रहरी बललाई अन्तर्राष्ट्रिय विज्ञहरूबाट विपद्सम्बन्धी तालिम दिइएको छ । सशस्त्र प्रहरीको कुरिनटारस्थित डिजास्टर म्यानेजमेन्ट ट्रेनिङ स्कुलमा तीनदिने तालिम कार्यक्रम आइतबारबाट सुरु भएको हो ।

ठूलो विपद्का घटनाको समयमा तत्काल कसरी व्यवस्थित अस्थायी आवास र बस्तीको व्यवस्थापन गर्न सकिन्छ भन्नेबारे सशस्त्र प्रहरीका २१ अधिकारीलाई तालिम दिन सुरु गरिएको हो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय तालिमकर्ताको रूपमा बेलायतको एस्टन विश्वविद्यालयको एस्टन बिज्नेस स्कुलमा कार्यरत डा. कोमलराज अर्याल, डा. ग्लोरिया लिउ छन् । 

“अत्याधुनिक लोगो र थ्रिडी प्रविधिको प्रयोग गरी तालिम दिने काम भइरहेको छ,” अन्तर्राष्ट्रिय तालिमकर्ता अर्यालले भने । 

तालिमले ठूला विपद्को समयमा तत्काल व्यवस्थित अस्थायी आवास र बस्ती बसाल्न सहयोग पुर्‍याउने उनले बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  १२:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro