site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विराटनगरको भिजिविलिटी नील
फाइल तस्बिर ।

काठमाडौं । तराईका धेरै स्थानमा आज पनि हुस्सु र कुहिरो लागेको छ । पूर्वी तराईदेखि पश्चिम तराईसम्म हुस्सु र कुहिरो लागेको छ । 

मौसमविद् सञ्जिव अधिकारीका अनुसार सुदूरपश्चिममा भन्दा पूर्वी नेपालमा हुस्सु र कुहिरो बढी लागेको छ । हुस्सु र कुहिरोका कारण तराईका अधिकांश स्थानमा भिजिविलिटी न्यून छ । 

विराटनगरमा भिजिविलिटी नील (शून्य मिटर) रहेको छ । “चन्द्रगढी र भैरहवामा समान एक हजार मिटर भिजिविलिटी छ,” मौसमविद् अधिकारीले बाह्रखरीसँग भने, “जनकपुर, सिमरालगायत स्थानमा पनि बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ ।” 

घाम लागेसँगै केही कम हुने हुस्सु र कुहिरो दिउँसोसम्म घट्ने उनले जानकारी दिए । 

यसअघि हिजो (आइतबार) पनि तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लगेको थियो । हिजो विराटनगरको भिजिविलिटी ५० मिटर थियो । जनकपुर र भैरहवाको समान १०० मिटर भिजिविलिटी मापन गरिएको थियो । 

जाडो नहटेसम्म तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लाग्ने मौसमविद्हरू बताउँछन् । न्यून भिजिविलिटीका कारण बिहानको समयमा यातायात सेवा प्रभावित हुँदै आएको छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  ०७:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro