site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रियसभा बैठकमा सहभागी भट्ट अस्वस्थ

काठमाडौं । राष्ट्रियसभा सदस्य नारायणदत्त भट्ट अस्वस्थ भएका छन् । आइतबार राष्ट्रियसभा बैठकमा भट्टको स्वास्थ्यमा समस्या देखिएको हो ।

नेपाली कांग्रेसका तर्फबाट सांसद भट्टले बैठकको विशेष समयमा बोल्न नाम टिपाएका थिए । शून्य समय चल्दै गर्दा भट्टलाई एक्कासि चक्कर लागेको थियो । त्यसपछि भट्टलाई अरू सांसदले डोहोर्‍याउँदै बैठककक्षबाट बाहिर ल्याएका थिए ।

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले भट्टको स्वास्थ्य अवस्थाबारे बैठकमै सोधेका थिए । “यहीँ आएपछि बिरामी हुनुभएको ? हस्पिटल लैजानुपर्ने हो कि के हो ?,” दाहालले सोधे ।

त्यसपछि उनको सट्टामा बोल्न कांग्रेसकी सांसद विष्णुकुमारी सापकोटालाई समय दिइयो । संघीय संसद् भवन परिसरमै भट्टको उपचार भइरहेको जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  १५:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro