site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सामाजिक सञ्जालसम्बन्धी विधेयक प्रभावकारी नियमनका निम्ति : महेश बर्तौला

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी विधेयक वाक् स्वतन्त्रतामाथि नियन्त्रण गर्न नभइ प्रभावकारी नियमनका निम्ति भएको बताएका छन् ।

शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सञ्चारमाध्यमहरूले वाक् स्वतन्त्रतालाई नियन्त्रण गर्न कानुन ल्याउँदैछ भनेर बहस र प्रचार गरेको कुरा नमिलेको उल्लेख गरे । सरकारले वाक् स्वतन्त्रता वा सञ्चारमाध्यमलाई नियन्त्रण गर्नेगरी नभइ नियमन गर्न र अनुशासनको दायरामा राख्न विधेयक ल्याएको बताए । प्रभावकारी नियमनका लागि कानुनी प्रवन्धहरू जरुरी रहेकाले विधेयक ल्याइएको स्पष्ट पारे ।

"मिडियाको वाक् स्वतन्त्रतालाई नियन्त्रण गर्न कानुन ल्याउँदैछ भनेर बहस र प्रचार गरेको कुरा मिलेको छैन । सरकारले वाक् स्वतन्त्रता वा सञ्चारमाध्यमलाई नियन्त्रण गर्नेगरी होइन, नियमन गर्न, अनुशासनको दायरामा राख्नको लागि यी विधेयकहरू ल्याएको छ । संसद्मा छलफल चलाएको छ । तपाईंहरूका रचनात्मक सुझावहरूको अपेक्षा गर्न चाहन्छु । नियन्त्रणका लागि होइन, प्रभावकारी नियमनका लागि कानुनी प्रवन्धहरू जरुरी छ । त्यसका लागि सरकारले काम गर्दछ," उनले भने ।

उनले विधेयकबारे हरेक सांसदले संशोधनमार्फत सुझाव दिनसक्ने बताए ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १८:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro