site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रतिपक्ष दलहरूको मागपछि बाध्य भएर सरकारले संसद् बोलायो : वेदुराम भुसाल
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रियसभामा नेकपा (एकीकृत समाजवादी)का सांसद डा. वेदुराम भुसालले प्रतिपक्ष दलहरूको मागका कारण सरकारले संसद् अधिवेशन आह्वान गरेको बताएका छन् ।

राष्ट्रियसभाको शुक्रबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । सरकार अधिवेशन बोलाउनबाट पछि हटिरहेको समयमा प्रतिपक्षले संसद् अधिवेशन नबोलाए विशेष अधिवशेनको माग गर्ने चेतावनीपछि संसद् अधिवशेन बोलाइएको बताए । आगामी अधिवेशन सयममा संसद् बोलाउन आफूहरूको माग रहेको उल्लेख गरे । संसद् प्रतिपक्षको हो भन्नेकुराको पुष्टि पुनः भएको पनि बताए ।

उनले भने, "दुःखका साथ भन्नुपर्छ । सरकार यो अधिवेशन बोलाउन चाहँदैन थियो । तथ्य प्रमाणले बोल्छ, यो अधिवेशन प्रतिपक्षहरूको पटक पटकको अधिवेशन समयमा बोलाइयोस् र यदि बोलाइँदैन भने हामी विशेष अधिवेशनको माग गर्न बाध्य हुनेछौँ भनिसकेपछि नै यो अधिवेशन बोलाइएको हो । यसमा सत्ता पक्षका मान्यज्यूहरूले दुःख नमान्नु होला । यो त यथार्थ हो । त्यो वातावरण सिर्जना नहुनु पर्दथ्यो । नियमित अधिवेशन नियमित समयमा चलुन् भन्ने हो । यसले संसद् प्रतिपक्षको हो भन्नेकुरा पुष्टि गरेको छ ।"

उनले सरकारले अधिवेशन आह्वान गर्नुभन्दा चार दिनअघि मात्रै अध्यादेश ल्याएको भन्दै विरोध जनाए । अध्यादेश जनताको पक्षमा नरहेको पनि स्पष्ट पारे ।

 

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १६:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro