site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘नइ बाल पुरस्कार’को घोषणा

काठमाडौं । नइ प्रकाशनले तीन वर्षदेखि १५ वर्षसम्मका नौजना बालबालिकालाई २०८० सालको ‘नइ देरुनीखपू पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । 

‘नइ देरुनीखपू पुरस्कार’बाट पुरस्कृत हुने बालबालिकाहरूमा कुशाग्र भट्टराई, साहित्यतर्फ सुश्री प्रतिष्ठा केसी, चित्रकलातर्फ श्रीया गुरुङ, संगीततर्फ सानवी यादव, नृत्यतर्फ अनिका महर्जन, खेलकुदतर्फ सुप्रिया ऐर रहेका छन् । 

पुरस्कारका साथ ताम्रपत्रसहित नगद राशि जनही १० हजार रुपैयाँ समेत प्रदान गरिने प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईंले जनाएका छन् । 

त्यस्तै, नइ कोपिला पुरस्कार गायनमा काव्या शिवाकोटी र नृत्यमा सुधा तामाङलाई प्रदान गर्ने भएको छ । यस पुरस्कारका साथ जनही सात हजार रुपैयाँ प्रदान गरिनेछ । 

त्यस्तै, नइ चिचिला पुरस्कार तीन वर्षकी मानशी भण्डारीलाई प्रदान गरिने जनाइएको छ । पुरस्कारका साथ नगद राशि पाँच हजार प्रदान गरिने प्रसाईंले विज्ञप्तिमार्फत जनाएका छन् । 

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  २०:५९
प्रतिक्रिया दिनुहोस्