site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
घरेलु फुटबलबाट पनि अनु लामाले लिइन् सन्न्यास

काठमाडौं । नेपाली राष्ट्रिय टोलीकी पूर्वस्ट्राइकर अनु लामाले घरेलु फुटबलबाट पनि सन्न्यास लिएकी छिन् । 

विभागीय टोली एपिएफबाट घरेलु फुटबल खेल्दै आएकी अनुले बुधबार घरेलु फुटबलबाट पनि सन्न्यास लिएको घोषणा गरेकी हुन् । 

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न एन्फा महिला लिगको फाइनलमा एपिएफले नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो । खेल सकिनेबित्तिकै अनुलाई एपिएफका खेलाडीले गार्ड अप द अनरबाट सम्मान गर्दै बिदाइ गरेका थिए । 

अनुले अब घरेलु फुटबल नखेल्ने बताइन् । उनले अब आफ्नो बाँकी जीवन फुटबल कोचका रूपमा व्यतीत गर्ने जानकारी दिइन् । आफूले करिब २१ वर्ष फुटबल खेलेको र अब नयाँ आउने खेलाडीका लागि ठाउँ छाडेको उनले बताइन् । 

अनुले महिला फुटबलको थप विकास गर्न धेरैभन्दा धेरै घरेलु प्रतियोगिता आवश्यक रहेको उल्लेख गरिन् । सन् २०१९ मा अनुले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास लिएकी थिइन् । 

प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  १८:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro