site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाथीभरा केबलकार निर्माण विवाद : वार्ता गरेर समस्या समाधान गर्न भट्टराईको माग 

काठमाडौं । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभाका सांसद योगेश भट्टराईले ताप्लेजुङमा पाथीभरा देवी मुकुम्लुङ केबलकार निर्माणको कार्यलाई निर्वाध रूपमा अघि बढाउनुपर्ने बताएका छन् । भट्टराईले बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा विवाद समाधान गर्दै केबलकार निर्माणको कार्यलाई निर्वाध रूपमा अघि बढाउनुपर्ने बताएका हुन् ।
 
उनले त्यसबारे १९ बुँदे धारणा सार्वजनिक गरेका छन् । लोकतन्त्रमा विरोध र असहमति राख्ने अधिकारको सम्मान समस्याको समाधान वार्ता र संवादको माध्यमबाट गरिनुपर्नेमा उनको जोड छ । आन्दोलनरत पक्षलाई बन्द हडतालका कार्यक्रम फिर्ता लिन, सरकारलाई गिरफ्तार भएका व्यक्तिहरू रिहा गर्न र घाइतेहरूको उपचारको व्यवस्था गर्न माग गरेका छन् । 

“लोकतन्त्रमा विरोध र असहमति राख्ने अधिकारको म सम्मान गर्दछु । त्यो शान्तिपूर्वक र सुसभ्य हुनुपर्दछ । समस्याको समाधान वार्ता र संवादको माध्यमबाट गरिनुपर्दछ । परिस्थितिलाई उत्तेजित बनाउने र सामाजिक सद्भाव भड्किने खालका गतिविधिले कसैको हित गर्दैन,” भट्टराईले भने, “यसका लागि आन्दोलनरत पक्षलाई बन्द हडतालका कार्यक्रम फिर्ता लिन, सरकारलाई गिरफ्तार भएका व्यक्ति रिहा गर्न, घाइतेको उपचारको व्यवस्था गर्न माग गर्दै अविलम्ब वार्ता गरी समस्यालाई समाधान गर्न माग गर्दछु ।”

केबलकार निर्माण सम्बन्धमा अनुगमन गर्न अर्को समिति गठन गरी काम कारबाहीलाई सहभागितामूलक तथा पारदर्शी ढंगले अघि बढाउनुपर्ने उनको भनाइ छ । केबलकार पक्षले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक तथा १० वर्षभन्दा मुनिका बालबालिका तथा अपांगका लागि निःशुल्क सेवा दिने घोषणा गर्नुपर्ने उनको भनाइ छ । 

प्रभावित क्षेत्रका नागरिकलाई सुलभ सेयरको व्यवस्था गर्नुपर्ने, रोजगारीको क्षेत्रमा ताप्लेजुङवासीलाई पहिलो प्राथमिकता दिनुपर्ने उनले बताए । केबलकारको शुल्कमा ताप्लेजुङवासीलाई ५० प्रतिशत सहुलियत दिनुपर्ने, स्थानीय शिक्षा, स्वास्थ्य र रोजगारीमा कम्पनीले ध्यान दिनुपर्ने भट्टराईको माग छ । माघ १२ गते केबलकार निर्माणको विषयमा झडप हुँदा प्रहरीले गोली चलाएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  १६:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro