site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सांसदको कोरमै नपुगेपछि मन्त्री–राज्यमन्त्रीलाई हाइसन्चो...
फाइल तस्बिर ।

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ, विद्युत् उत्पादन कम्पनी लिमिटडका अध्यक्ष बखतबहादुर शाही बुधबार पूर्वाधार विकास समितिमा पुगे  ।

मन्त्री–राज्यमन्त्री सांसदहरूका तिखा प्रश्न सामना गर्ने तयारीका साथ पुगेका थिए । पूर्वाधार समितिमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित उजुरीमा छलफलको कार्यसूची थियो ।

मन्त्री–राज्यमन्त्री हाइसन्चो भयो । किनभने प्रश्नकर्ता सांसदहरूको ‘कोरम’ नपुगेपछि कुनै जवाफ नै दिनुपरेन ।

समिति बैठक ११ बजेका निम्ति डाकिएको थियो । डेढ घण्टा कुर्दा पनि १३ जना सांसद उपस्थित हुन सकेनन् । समितिको बैठक सञ्चालन गर्न ५१ प्रतिशत सांसदको उपस्थिति चाहिन्छ ।

समिति सभापति दीपकबहादुर सिंहले बैठकमा १२ जना सांसद उपस्थिति रहेको जानकारी दिए । अर्थात्, एकजना सांसद थपिएको भए, कोरम पुग्थ्यो । कोरम नपुगी समिति बैठक स्थगित भएको नकारात्मक समाचार प्रवाहित हुने थिएन ।

डेढ घण्टा बित्दा पनि कोरम नपुगेपछि सभापति सिंह बैठक स्थगित गर्न बाध्य भए । उनले यही माघ २४ गते अर्को बैठक बस्ने गरी स्थगित गरेका थिए ।

“कोरम नपुग्नुलाई अन्यथा ठान्नुहुन्न,’’ सभापति सिंहले बाह्रखरीसँग भने, “सहिद दिवसका कार्यक्रमले गर्दा सांसदहरू उपस्थित हुन नसक्नुभएको हुन सक्छ । बिदाको दिन भएकाले उहाँहरू सहिद दिवसको कार्यक्रममा सहभागी हुन जानुभएको होला । हामीले बैठक सुरु गरेको एक घण्टासम्म आउँदा हुन्छ भनी जानकारी दिएका थियौँ । उहाँहरूको कार्य व्यवस्तता र जिल्ला बाहिर रहनुभएका कारण कोरम पुगेन ।”

बैठकमा ४८ प्रतिशत सांसदको मात्रै उपस्थितिले हिउँदे अधिवेशनसमेत कस्तो हुने संकेत गर्छ । करिब पाँच महिनापछि शुक्रबारदेखि संसद्को हिउँदे अधिवेशन प्रारम्भ हुँदै छ । सांसदहरूको उपस्थिति हेर्दा हिउँदे अधिवेशन पनि चिसो हुने हो कि आभास गराउँछ ।

प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  १५:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro