site stats
बाह्रखरी :: Baahrakhari
देश
एचपीभी खोप अभियान : मनीषा सद्भावना दूत, सम्झौतामा हस्ताक्षर

काठमाडौं । सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानका निम्ति कलाकार मनीषा कोइरालालाई सद्भावना दूत घोषणा गरेको छ । उनलाई आगामी दुई वर्षका निम्ति सद्भावना दूत तोकिएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार घोषणा समारोहबीच दुई पक्षबीच सम्झौता गरिएको हो । सम्झौतापत्रमा कलाकार कोइराला र मन्त्रालयका तर्फबाट स्वास्थ्यसचिव डा. रोशन पोख्रेलले हस्ताक्षर गरेका छन् ।  

Argakhachi Cement Island Ad

विश्वसनीय चेहराबाट प्रचार गर्दा अभियान सफल हुने विश्वासका साथ कलाकार कोइरालालाई सद्भावना दूत छनाोट गरिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बताए । 
सम्झौतापत्रमा हस्ताक्षर गर्दै कलाकार कोइरालाले खोप अभियानमा र दुई वर्षसम्म नै सरकारलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।
 
माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन हुने एचपीभी खोप अभियानका निम्ति सबै खोप केन्द्रमा खोप पुगिसकेको मन्त्री पौडेलले जानकारी दिए । अभियानमा १०–१४ वर्षसम्मका करिब १७ लाख बालिकालाई यो खोप दिइँदै छ ।

pradeep-oaudel-1738140012.jpg
 

प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  १४:२५
प्रतिक्रिया दिनुहोस्