site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
औषधिका नाममा भ्रामक प्रचार गर्नेलाई कारबाही गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधिका नाममा भ्रामक प्रचार गर्ने स्वास्थ्य संस्थालाई कारबाही गर्न निर्देशन दिएको छ । मन्त्रालयले दर्ता नभएका भिटामिन तथा खनिज मिश्रित न्युट्रास्युटिकल्सको सन्दर्भमा यस्तो निर्देशन दिएको हो । 

फर्मास्युटिकल बनावटका क्याप्सुल, ट्याबलेट तथा झोललाई न्युट्रास्युटिकल्स खाद्य वा आहारपूरक सामग्रीको रूपमा बिक्री गर्न नपाइने कानुनी व्यवस्था छ ।

Dabur Nepal
NIC Asia

तर, स्वास्थ्य संस्था तथा बिक्रेताले यस्ता उत्पादनको खुलेआम प्रचार एवं गरी बिक्री गरिरहेको पाइएकाले मन्त्रालयले कारबाहीका निम्ति सरोकारवाला निकायलाई निर्देशन दिएको हो ।

"आम नागरिकलाई आकर्षित गर्ने गरी गलत तथा भ्रामक विज्ञापन प्रचारप्रसार गर्ने स्वास्थ्य संस्थालाई कानुनबमोजिम कारबाही गर्नू गराउनू," मन्त्रालयले सरोकारवालालाई भनेको छ । 

mohp-1738130990.jpg
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  ११:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro