site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
व्यवसायी लामामाथि आक्रमण गर्ने मुख्य नाइके अजय पुर्पक्षका लागि जेल चलान
Tiktok banner adTiktok banner ad

काठमाडौं । घरजग्गा व्यवसायी विक्रम लामामाथि ज्यान मार्ने उद्देश्यले आक्रमण गर्ने समूहका मुख्य नाइके अजय लामा पुर्पक्षका लागि थुनामा गएका छन् । नुवाकोटको ककनी–४ का ३३ वर्षीय लामालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार भारतबाट पक्राउ गरेको थियो ।

उनीसँगै कार्यालयको टोलीले अर्का अभियुक्त गोरखाको आरुघाट–७ का दीपक बरामुलाई समेत पक्राउ गरेको थियो ।

बरामुलाई भने एक लाख धरौटीमा छाड्ने आदेश गरेको हो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश कृष्णप्रसाद शर्मा नेपालको एकल इजलासले सोमबार उक्त आदेश दिएको हो ।

अदालतको आदेशसँगै उनी पुर्पक्षका लागि सुन्धारा कारागार चलान भएका छन् । यसअघि विक्रममाथि आक्रमण गर्ने गोरखाको गण्डकी गाउँपालिका–४ का २८ वर्षीय निश्चल सुनार र नुवाकोटको बेलकोटगढी नगरपालिकाका मार्सल भन्ने शैलेन्द्र तामाङलाई समेत काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

भारतबाट पक्राउ परेका अर्का आरोपी गोरखाको आरूघाट गाउँपालिका–८ का सिजन अधिकारीलाई भने ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो ।

विक्रममाथि कात्तिक ११ गते उनको कार्यालय नजिकै लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा अन्धाधुन्ध रड प्रहार गरिएको थियो । रड प्रहार गर्ने समूहका तीनजना पुर्पक्षका लागि थुनामा पुगे पनि दीपकलाई भने धरौटीमा माग गरिएको छ । विक्रममाथि आक्रमण गर्दा अजयको नेतृत्वमा दीपक, शैलेन्द्र र निश्चल सहभागी भएका थिए ।

आक्रमण गर्दा सहभागी चारजनाको सीसीटीभी फुटेज समेत सार्वजनिक भएको थियो । अनुसन्धानका क्रममा विक्रममाथि आक्रमण भने धरान उपमहानगरपालिका–१३ घर भई हाल बेलायत बस्ने ५० वर्षीया लक्ष्मी राई र धादिङको ज्वालामुखी गाउँपालिका–४ का रमेश सिलवालले सुपारी दिएर गराएको खुलेको थियो ।

हाल फरार लक्ष्मी र रमेश दुवै बेलायत पुगेका छन् । लक्ष्मीले बेलायतमै न्यु लक्ष्मी ज्वेलर्स समेत सञ्चालन गरेको खुलेको छ । अभियुक्तमाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  १६:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro