site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महालक्ष्मी विकास बैंकको दोस्रो त्रैमाससम्मको वित्तीय परिसूचकहरू

काठमाडौं । महालक्ष्मी विकास बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अन्त्य सम्मको वित्तीय विवरणअनुसार आधार दर ७.४८ र कोषको लागत प्रतिशत ५.२९ प्रतिशत रहेको छ । 

जुन प्रायः बैंक तथा वित्तीय संस्थाको भन्दा पनि कम रहेको बैंकले जनाएको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८०/८१ असार मसान्तसम्म आधार दर र कोष लागत प्रतिशत क्रमश ९.३९ प्रतिशत र ७.०३ प्रतिशत रहेको थियो । 

बैंकको आधार दर कम हुँदा ऋणीले लिने ऋणको ब्याजदर समेत कम हुने हुँदा सोको लाभ ऋणीहरूले लिन सक्ने बैंकले जनाएको छ ।

त्यसैगरी, नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजी कोषको तुलनामा महालक्ष्मी विकास बैंकको न्यूनतम पुँजी कोष आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्म १४.९९ प्रतिशत रहेको छ । 

गएको आर्थिक वर्ष २०८०/८१ असार मसान्तमा १४.९३ प्रतिशत थियो । न्यूनतम पुँजी कोष बढी भएको अवस्थामा बैंकहरूलाई  जोखिम व्यवस्थापन गर्न सहज हुन्छ । 

यसरी बैंक पुँजीको हिसाबले सबल रहेको र आगामी दिनमा व्यवसाय विस्तार गर्नलाई समेत पुँजीको अभाव नरहने देखिन्छ ।

आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्म बैंकका समग्र वित्तीय परिसूचकमा सकरात्मक परिवर्तन देखिएको बैंकले जनाएको छ । 

आर्थिक वर्ष २०७९/८० मा ३७ करोड ७५ लाख रुपैयाँ खुद मुनाफा रहेकोमा ३३ प्रतिशत नाफा वृद्धि गर्दै आर्थिक वर्ष २०८०/८१ मा खुद नाफा ५० करोड तीन करोड रुपैयाँ पुगेको छ । 

आर्थिक वर्ष २०८०/८१ को अन्त्यमा प्रति सेयर आम्दानी १२ रुपैयाँ, सेयरधनी कोषमा प्रतिफल ७.४२ प्रतिशत रहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  १७:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro