site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अब यस्तो देखिनेछ न्युरोड (तस्बिरहरू)
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी ।

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ सडक (न्युरोड)लाई पुरानै स्वरूप दिने प्रयास गरिरहेको छ । न्युरोडको जुद्ध सालिकदेखि इन्द्रचोकसम्म सडक दायाँबायाँका घरहरूमा सेतो रङ लगाइँदै छ । घरमा सेतो र झ्यालमा हरियो रङ लगाउने कार्य भइरहेको महानगरले जनाएको छ ।

महानगरका अनुसार, राणाकालमा यो क्षेत्रका मुख्य संरचनामा सेतो रङ लगाइएको हुन्थ्यो । झ्यालमा हरियो रङ हुन्थ्यो । पछिल्लो समय भने रङमा एकरूपता थिएन । काठमाडौं महानगरले न्युरोड क्षेत्रको सौन्दर्य बढाउने योजनाअन्तर्गत स्थानीय घरधनीहरूलाई एउटै रङ प्रयोग गर्न आग्रह गरेको हो ।

न्युरोड क्षेत्रको सडकमा हुने पार्किङ हटाउने, फुटपाथ विस्तार, विद्युतीय तारहरू भूमिगत गर्ने कार्य यसअघि भइसकेको छ ।

घरहरू रङरोगन गर्ने कार्य महानगरको आग्रहमा घरधनीले नै गरेका हुन् । रङरोगनको खर्च घरधनीले नै व्यहोरिरहेका छन् ।

काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धर भन्छन्, “न्युरोड सुन्दर बनाउने योजना महानगरको हो । त्यसका लागि महानगरले फुटपाथ विस्तार, तार भूमिगत, पार्किङ हटाउने काम गर्‍यो । घरमा रङ लगाउने कामका लागि महानगरले घरधनीलाई अनुरोध गरेपछि उहाँहरूले मान्नुभयो ।”

थप तस्बिर हेर्नोस्–

n6-1737876732.jpg

newroad2-1737876732.jpg

n4-1737876731.jpg

n5-1737876731.jpg

n1-1737876730.jpg

n2-1737876730.jpg

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १३:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro