site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ललितपुरमा ट्राफिक सचेतना कार्यक्रम शुभारम्भ 
Tiktok banner adTiktok banner ad

काठमाडौं । ललितपुर महानगरपालिकाले साप्ताहिक ट्राफिक सचेतना कार्यक्रमको शुभारम्भ गरेको छ ।

आइतबार ललितपुरमा विशेष कार्यक्रमको आयोजना गर्दै महानगरले ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा साप्ताहिक ट्राफिक सचेना कार्यक्रम शुभारम्भ गरेको हो ।

सडक सुरक्षाका लागि जनचेतना फैलाउने र ट्राफिक नियम पालना गराउने उद्देश्यका साथ साप्ताहिक ट्राफिक सचेना कार्यक्रमको शुभारम्भ गरिएको ललितपुर महानगरका प्रमुख चिरिबाबु मर्हजनले जानकारी दिए । 

ललितपुर महानगरभित्र रहेका स्मार्ट ट्राफिक लाइट २४सै घण्टा सञ्चालन हुने उनले बताए । स्मार्ट ट्राफिक लाइटको नियम उल्लंघन गरेको विवरण सिस्टममा रेकर्ड हुने भएकाले नियम उल्लंघन गर्नेलाई अब कारबाही गर्ने उनले बताए । 

साप्ताहिक ट्राफिक सचेतना कार्यक्रमअन्तर्गत ललितपुरको महानगर प्रहरी, ट्राफिक प्रहरी र स्वयंसेवकहरूले चोक–चोकमा बसेर ट्राफिक सचेतना प्रदान गर्ने बताइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १३:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro