site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लिभरपुलको सहज जित, वुल्भ्सविरुद्ध आर्सनलको कठिन जित 

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा लिग लिडर लिभरपुलले इप्सविच टाउनविरुद्ध ४–१ को सहज जित निकालेको छ । 

शनिबार राति घरेलु मैदान एन्फिल्डमा सम्पन्न खेलमा लिभरपुललाई जित दिलाउन कोडी गाक्पोले दुई गोल गरे । यस्तै, डोमिनिक सोबोस्लाई र मोहमद सालाहले गोल गरे । इप्सविद्धका जाकोब ग्राभेसले एक गोल फर्काएका थिए । 

खेलको ११औँ मिनेटमा सोबोस्लाईको गोलमा लिभरपुलले अग्रता बनाएको थियो । ३५औँ मिनेटमा सालाहले घरेलु टिमको अग्रता दोब्बर बनाए । यस्तै, ४४औँ मिनेटमा गाक्पोले पहिले गोल गरेपछि लिभरपुलले पहिलो हाफमै ३–० को अग्रता बनाएको थियो ।

६६औँ मिनेटमा गाक्पोकै गोलमा लिभरपुलले अग्रतालाई ४–० मा पुर्यायो । खेलको निर्धारित समयको अन्तिम मिनेटमा ग्राभेसले गोल फर्काए पनि इप्सविचको हार टार्न सकेनन् ।

जितसँगै २२ खेलबाट ५३ अंक जोडेको लिभरपुल तालिकाको शीर्ष स्थानमा छ । लिभरपुललाई पछ्याइरहेको आर्सनलले भने २३ खेल खेल्दा ४७ अंक जोडेको छ । 

तालिकाको रेलिगेसन क्षेत्रमा रहेको इप्सविचले भने २३ खेल खेल्दा १६ अंक जोडेको छ । 

शनिबार राति नै भएको अर्को खेलमा दोस्रो स्थानको आर्सनलले वुल्भ्सविरुद्ध १–० को साँघुरो जित निकालेको छ । 

वुल्भ्सको मैदानमा भएको खेलमा पाहुना टिमलाई जित दिलाउन रिकार्डो कालाफिओरीले ७४औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । 

जितसँगै २३ खलबाट ४७ अंक जोडेको आर्सनल तालिकाको दोस्रो स्थानमा छ । समान खेलबाट १६ अंक जोडेको वुल्भ्स तालिकाको १७औँ स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  ०९:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro