site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
स्टार्टअप सम्मेलन गर्दै कांग्रेस 

काठमाडौं । नेपाली कांग्रेसले यही माघ १६ र १७ गते नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन गर्ने भएको छ । देशको उद्यमशीलता क्षेत्रमा नयाँ ऊर्जा सिर्जना गर्ने र आर्थिक रूपान्तरणमा योगदान पुर्‍याउने उद्देश्यले सानेपामा सम्मेलनको आयोजना गरिएको कांग्रेसले जनाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले दुईदिने सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनमा उद्योग, उद्यमशीलता क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।

नवप्रवर्तन र उद्यमशीलतामार्फत आर्थिक रूपान्तरण गर्न, स्टार्टअपमा लगानीका अवसर र चुनौतीको विश्लेषण तथा महिला र युवालाई उद्यमशीलतामा प्रोत्साहन गर्न नीति सुधारको पैरवी गर्ने उद्देश्यका साथ सम्मेलनको आयोजना गरिएको केन्द्रीय सदस्य उर्मिला थपलियाले जानकारी दिइन् ।

सम्मेलनमा ८० भन्दा बढी स्टल र ६ हजारभन्दा धेरै सहभागीहरू रहने आयोजकले जनाएको छ ।

सम्मेलनका क्रममा नवप्रवर्तन र उद्यमशीलता, कृषि उद्यमशीलता, सूचना प्रविधि विकास, महिला उद्यमशीलता र प्रेरणादायी उद्यमशीलता यात्राबारे विशेष छलफल हुने कांग्रेसले जनाएको छ ।

सम्मेलनबाट प्राप्त सुझावले व्यावसायिक नीति सुधार र लगानीको वातावरण बनाउन ठोस मार्गनिर्देशन गर्ने आयोजकको अपेक्षा छ । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, माघ १२, २०८१  १५:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro