site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अध्यादेशले माग गरेका निर्देशिका चाँडो बनाउँछौँ : अर्थमन्त्री 

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशले माग गरेका निर्देशिका चाँडो बनाउने बताएका छन् । बिहीबार राष्ट्रिय वाणिज्य बैंकको ६०औँ वार्षिकोत्सवमा उनले गुणस्तरीय सेवा प्रवाह र सुशासनमा उल्लेख्य प्रगति गर्न अध्यादेश ल्याइएको जिकिर गरे ।

औसत काम गरेर दिन बिताउने पक्षमा सरकार नरहेको पनि उनले बताए । २९ ऐन अध्यादेशमार्फत संशोधन गरिएको उनले उल्लेख गरे ।

उनले समयाभाव र काम गर्नैपर्ने दबाबका कारण अध्यादेश ल्याइएको बताए । मुलुकको अर्थतन्त्र केही समयअघिदेखि दबाब र चापमा रहँदै आएको उनले सुनाए ।

सरकारले अर्थतन्त्रका समस्यालाई चिन्दै, चिर्दै र समाधान गर्दै अघि बढ्ने कोसिस गरिरहेको उनले बताए । “हाम्रो मुलुकको अर्थतन्त्र केही समयअघिदेखि दबाब र चापमा रहँदै आएको छ । हामीले अर्थतन्त्रका समस्याहरूलाई चिन्दै, चिर्दै र समाधान गर्दै अघि बढ्ने कोसिस गरिरहेका छौँ । क्रमशः यस दिशामा सफलता पनि प्राप्त गरेका छौँ,” उनले भने ।

समग्र अर्थतन्त्रलाई गतिशील, चलायमान बनाउने र उत्पादन, उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना र सबल राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्ने अभियानमा तीव्रताका साथ सरकार लागिरहेको उनले उल्लेख गरे । “हामी अहिले प्राप्त भएको सफलतामा चित्त बुझाएर बस्ने पक्षमा छैनौँ, अरू थप सफलता, अरू थप उपलब्धि चाहन्छौँ,” उनले भने ।

हालै ल्याइएका अध्यादेश संसद्‌मा लगेर ६० दिनभित्र अनुमोदन गरिने उनले बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  १६:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro