site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सांसद चौधरीको पहलपछि काठमाडौंबाहिर पहिलो ट्रमा सेन्टर निर्माण जारी

काठमाडौं । पश्चिम नवलपरासीको बर्दघाट, चिसापानीमा ट्रमा सेन्टरको भवन निर्माण थालिएको छ । ट्रमा सेन्टरको भवन १८ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । काठमाडौं उपत्यकाबाहिरको यो पहिलो ट्रमा सेन्टर हुनेछ ।

गएको असोज १३ गते स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र पश्चिम नवलपरासी–१ बाट निर्वाचित सांसद विनोद चौधरीले संयुक्त रूपमा ट्रमा सेन्टर भवनको शिलान्यास गरेका थिए । सांसद चौधरीको प्रतिबद्धताअनुसार ट्रमा सेन्टर निर्माण कार्य धमाधम भइरहेको बताइएको छ ।

चिसापानी अस्पतालका अध्यक्ष यमबहादुर थापाले अपेक्षाकृत रूपमै निर्माण कार्य भइरहेको बताए । उनले भने, “हात्तीपाइलेको ढलान भइरहेको छ । हामीले सोचेअनुसार नै काम भइरहेको छ ।” उनका अनुसार, अबको डेढ वर्षमा भवन निर्माण सम्पन्न हुनेछ ।

१२ करोड ३४ लाख रुपैयाँ लागतमा १५ बेड क्षमताको ट्रमा सेन्टर डेढ बिघाभन्दा बढी क्षेत्रफलमा बनाइँदै छ । सहरी विकास मन्त्रालयअन्तर्गतको सघन सहरी तथा भवन निर्माण योजना, चितवनले ठेक्का आह्वान गरेको थियो । एक्सिस एसियन कम्पनी, जनकपुरले निर्माणको ठेक्का पाएको थियो ।

सांसद चौधरीले चिसापानी अस्पताललाई यो क्षेत्रमै उत्कृष्ट सेवा प्रदान गर्ने गरी अगाडि बढाउन निरन्तर पहल गर्दै आएका छन् ।

“बरु अस्पताल नै नबनोस्, तर चिसापानीमा कुनै पनि हालतमा बन्नु हुँदैन भन्नेमा यही क्षेत्रका केही मान्छेहरू निरन्तर सक्रिय रूपमा लागेका थिए,” बर्दघाट नगरपालिका–२ का वडाध्यक्ष गणेशबहादुर क्षेत्रीले भने, “तर, माननीय विनोद चौधरीज्यूले ट्रमा सेन्टर निर्माणलाई प्राथमिकता राख्नुभयो । हामी सबैसँग निरन्तर सरसल्लाह र समन्वय गर्नुभयो ।”

बर्दघाट–२ मा निर्माणाधीन ट्रमा सेन्टर यो क्षेत्रकै गौरवको आयोजना भएको उनले बताए ।

सांसद चौधरीको पहलमा चिसापानी अस्पतालको स्वरूप फेरिएको छ । चिसापानी अस्पतालमा विशेषज्ञ सेवा प्रदान गर्नुका साथै हातखुट्टा नभएका व्यक्तिलाई निःशुल्क कृत्रिम हातखुट्टा प्रदान गर्न सीजी सबल केन्द्र स्थापना गरिएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  १६:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro