site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
च्याम्पियन्स ट्रफीको जर्सीमा आयोजकको नाम नराख्ने हल्ला बीसीसीआईले गर्‍यो खारेज

काठमाडौं । आईसीसी च्याम्पियन्स लिगका दौरान आफ्नो आधिकारिक जर्सीमा आयोजक राष्ट्रको नाम नराख्ने हल्ला भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले खारेज गरेको छ । बीसीसीआईका सचिव देवाजित साइकियाले पाकिस्तान च्याम्पियन्स ट्रफीको आयोजक भएकाले नै भारतले जर्सीमा उक्त राष्ट्रको नाम नराख्ने विषय सत्य नभएको बताएका हुन् ।

उनले अरू टिमले जे गरे पनि आफूहरूले खेल भावनालाई पछ्याउने स्पष्ट पारे । “बीसीसीआईले च्याम्पियन्स ट्रफीका दौरान आईसीसीको पहिरन नियम पालना गर्नेछ । अरू टिमले ड्रेस कोड र लोगोका बारेमा जस्तो गरे पनि हामी क्रिकेटको भावनालाई पछ्याउनेछौँ,” सचिव साइकियालाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।

बीबीसीआईले च्याम्पियन्स ट्रफीको जर्सीमा आयोजकको नाम नराख्ने मिडिया रिपोर्ट यसअघि सार्वजनिक भएको थियो ।

भारतले च्याम्पियन्स ट्रफीका निम्ति पाकिस्तानको यात्रा गर्न भने अस्वीकार गरिसकेको छ । आईसीसीले पाकिस्तानसँग सहमति गर्दै भारतका खेलहरू युनाइटेड अरब इमिरेट्स (यूएई)मा गराउने तय गरिसकेको छ । सहमतिअनुसार पाकिस्तानले पनि अबदेखि भारतमा हुने आईसीसीका प्रतियोगिता ‘तटस्थ’ भूमिमा खेल्नेछ ।

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  १६:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro