site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
निक्षेपकर्तालाई डुब्न दिँदैनौँ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निक्षेपकर्ताको निक्षेप डुब्न नदिने बताएका छन् । बिहीबार राष्ट्रिय वाणिज्य बैंकको ६०औँ वार्षिकोत्सवमा उनले यस्तो बताएका हुन् ।

“कुनै संस्था समस्यामा पर्‍यो भने त्यसको तथ्यांक राष्ट्र बैंकमा हुन्छ । कुनै पनि वित्तीय संस्थालाई व्यवस्थापन गर्ने जिम्मेवारी हाम्रो हो,” उनले भने, “राष्ट्र बैंकले रेगुलेट गरेको संस्थाको डिपोजिटरलाई हामी कुनै पनि हालतमा समस्या पर्न दिँदैनौँ । त्यो हाम्रो प्रत्याभूति नै हो ।”

राष्ट्र बैंकले सुपरिवेक्षण तथा नियमन विभागबाट निगरानी गरिरहेको भन्दै उनले बाहिरी हल्लाको पछि नलाग्न आग्रह गरे । राष्ट्र बैंकले सबै वित्तीय संस्थालाई नजिकबाट हेरिरहेको उनको भनाइ थियो ।

राष्ट्र बैंक स्पष्ट रहेको उनले बताए । आर्थिक गतिविधि कम भएको समयमा केही संस्थालाई समस्या परेको हुन सक्ने उनले उल्लेख गरे ।

राष्ट्र बैंकले हेर्ने संस्थामा प्रशस्त प्रोभिजन भएकाले डराइहाल्नुपर्ने अवस्था नरहेको उनले स्पष्ट पारे । बैंक तथा वित्तीय संस्था समस्यामा भन्ने हल्ला मात्र भएको उनले जिकिर गरे ।

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  १६:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro