देश
-1694624258.jpg)
काठमाडौं । सरकारले पाठेघरको क्यान्सरविरुद्धको खोपलाई नियमित खोप तालिकामा समावेश गरेको छ । योसँगै आगामी वर्षदेखि ह्युमन प्यापिलोमा भाइरस (एचपीभी)विरुद्धको खोप सबै १० वर्षका बालिकालाई दिइनेछ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले यो खोप नियमित खोप तालिकामा समावेश गरिएको जानकारी दिए । “आगामी वर्षदेखि कक्षा ६ का छात्राहरू र विद्यालयबाहिर रहेका १० वर्षका बालिकालाई नियमित खोपमार्फत हरेक वर्ष एचपीभी खोप दिनेछौँ,” उनले भनेका छन् ।
यही माघ २२ देखि फागुन ६ गतेसम्म १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ किशोरीलाई अभियानमार्फत यो खोप दिइँदै छ ।
प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१ १४:४१
प्रतिक्रिया दिनुहोस्