site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुद्दा चलाउने प्रक्रियामा महान्यायाधिवक्ताको कार्यालयमाथि प्रधानमन्त्रीको हस्तक्षेप छैन : बडाल

काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले मुद्दा चलाउने प्रक्रियामा महान्यायाधिवक्ताको कार्यालयमाथि प्रधानमन्त्रीको हस्तक्षेप नरहेको स्पष्ट पारेका छन् ।

मंगलबार प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा संसदीय मामिला समितिमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आफू नियुक्त भएदेखि मुद्दा चलाउनु/नचलाउनु भनेर अहिलेसम्म प्रधानमन्त्रीले अनुरोध नगरेको उल्लेख गरे । आजसम्म मुद्दा चलाउने र नचलाउने निर्णय भएका सम्पूर्ण प्रक्रियाको जिम्मेवार आफू र महान्यायाधिवक्ताको कार्यालय भएको उनको भनाइ छ ।

यद्यपि, अन्य राजनीतिक दलका नेताहरूले महान्यायाधिवक्ताको कार्यालयलाई प्रभावमा पार्न खोज्ने गरेको उनले बताए । मुद्दा चलाउने निर्णय भएका विषयमा राजनीतिक दलका नेताहरूले प्रभाव पार्न खोज्ने गरेको भए पनि आफूले कानुनको परिधिमा रहेर निर्णय लिने गरेको उल्लेख गरे । फौजदारी कार्यविधि संहिता संशोधन गरिरहेको उल्लेख गर्दै विगो निर्धारणलाई वैज्ञानिक बनाउने उनले बताए ।

"म प्रधानमन्त्रीबाट नियुक्त व्यक्ति हो । तर म आजका दिनसम्म के भन्छु भने, भोलिदेखि के गर्नुहुन्छ । थाहा छैन । आजका दिनसम्म कुनै मुद्दा चलाउनु या नचलाउनु भनेर प्रधानमन्त्रीले मलाई कुनै अनुरोध गर्नुभएको छैन । दााका साथ भन्छु, म नियुक्ति भएदेखि आजका दिनसम्म कुनै पनि मुद्दा चलाइए वा चलाइएनन् । त्यसको जिम्मेवारी मेरो र मेरो कार्यालयको हो । यसमा कुनै पनि दबाब छैन । विभिन्न राजनीतिक दलका नेताहरू आएर हामीलाई भन्नुहुन्छ । कहिलेकाँही हाँसेर हामी भनिरहेका हुन्छौँ । तर उहाँहरूले भन्नु भएको कुरालाई हामीले कानुनको परिधिभित्र रहेर हेर्ने गर्छौं, कानुनको परिधिबाहिर गएर हेर्न मिल्दैन," उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  २१:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro