site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाठेघरको मुखको क्यान्सर, कुन उमेरका महिलाले कहिले स्क्रिनिङ गराउने ?

काठमाडौं । विश्वमा हरेक दुई मिनेटमा एक महिलाको पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु हुने गर्छ । प्रत्येक दिन चार महिलाले यही रोगका कारण ज्यान गुमाइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।

नेपाली महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर पहिलो नम्बरमा देखिइरहेको छ । सरकारले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि निःशुल्क स्क्रिनिङ सेवा दिँदै आएको छ । ‘पाठेघरको मुखको क्यान्सर रोकथाम निर्देशिका २०७९’ मा भीआईए, एचपीभी टेष्ट, प्याप स्मेयर र एलबीसी विधिबाट निःशुल्क स्क्रिनिङ गरिने उल्लेख छ ।

साथै, किशोरीहरूलाई लक्षित गरी यही वर्षदेखि एचपीभीविरुद्धको खोप पनि दिन लागिएको छ । यही माघ २२ गतेदेखि १० देखि १४ वर्षसम्मका बालिकालाई देशव्यापी अभियान सञ्चालन गरेर खोप दिइँदैछ ।

कुन उमेरका महिलाले कहिले स्क्रिनिङ गराउने ?
सामान्य अवस्थाका महिलाको ३० देखि ४९ वर्षमा भीआईए र ३० वर्षभन्दामाथिका महिलाको एचपीभीमार्फत् स्क्रिनिङ गराउने निर्देशिकामा उल्लेख छ । यस्तै, एचआईभी संक्रमित महिलाहरूले २५ देखि ४९ वर्षमा भीआईए र २५ वर्षदेखिमाथि एचपीभी स्क्रिनिङ गराउनुपर्ने हुन्छ ।

सामान्य अवस्थाका महिलाले तीनवर्षको अन्तरालमा एकपटक र एचआईभी संक्रमित महिलाले एक–एक वर्षमा भीआईए परीक्षण गराउनुपर्ने हुन्छ ।

एचपीभी भने सामान्य अवस्थामा पाँच वर्षको फरकमा र एचआईभी संक्रमित महिलाले प्रत्येक तीन वर्षमा गराउनुपर्ने निर्देशिकामा उल्लेख छ ।

हाल सरकारले एचपीभीलाई नै एचपीभी डीएनएकोे रूपमा निःशुल्क परीक्षण सेवा दिँदै  आएको छ ।

यी हुन् परीक्षण हुने अस्पताल तथा प्रयोगशाला
– राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु  काठमाडौं
– परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथली, काठमाडौं
– निजामती कर्मचारी अस्पताल, मीनभवन, काठमाडौं
– वीर अस्पताल, महाबौद्ध काठमाडौं

प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाहरू
– विराटनगर, मोरङ
– जनकपुर, धनुषा
– धुलिखेल, काभ्रे
– कास्की, पोखरा
– बुटवल, रूपन्देही
– वीरेन्द्रनगर, सुर्खेत
– धनगढी, कैलाली

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  ०७:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro