site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लोकसभामा गठबन्धन, दिल्ली चुनावको मुखमा भनाभन 

काठमाडौं । भारतमा करिब सात महिनाअघि एउटै गठबन्धनबाट लोकसभा चुनाव लडेका भारतीय कांग्रेस आई र आमआदमी पार्टीबीच खटपट सुरु भएको छ । दुवै दलले एक–अर्कालाई भाजपाको निकट रहेको आरोप लगाएका छन् । 

एक साताअघि दिल्लीको सिलमपुरमा विधानसभा चुनावको पहिलो र्‍यालीमा कांग्रेस नेता राहुल गान्धीले दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरिवालको रणनीति भाजपाको जस्तै भएको बताएका थिए । 

बीबीसी हिन्दीका अनुसार कांग्रेस नेताहरूले क्षेत्रीय स्तरमा अरविन्द केजरिवालविरुद्ध बोल्दै आए पनि राहुल गान्धीले नै केजरिवालमाथि शब्दहमला गरेको यो पहिलोपटक हो । 

विगत केही दिनदेखि दुवै राजनीतिक दलले एकअर्कामाथि भाजपासँगको सम्बन्ध रहेको आरोप लगाउँदै आएका छन् ।

अरविन्द केजरिवालले पनि आफूले राहुल गान्धीमाथि एउटा लाइन बोलेको, तर त्यसको जवाफ भाजपाका मानिसहरूबाट आइरहेको भन्दै राहुल नेतृत्वको पार्टी कांग्रेस भाजपासँग मिलेको आरोप लगाएका छन् । 

दुवै दलले एउटै गठबन्धनमा लोकसभा चुनाव लडेका थिए । त्यसपछि हरियाणाको विधानसभा निर्वाचन भने दुवैले अलग–अलग लडेका थिए । 

त्यसयता शीर्ष नेतृत्वको तहमा यस्तो शाब्दिक हमला यसअघि सुनिएको थिएन । दिल्ली विधानसभा निर्वाचनको मुखमा आएर उनीहरूबीच सार्वजनिक छेडखानी सुरु भएको हो । 

दिल्ली विधानसभा चुनाव आगामी फेब्रुअरी ५ का लागि तोकिएको छ । भारतीय निर्वाचन आयोगका प्रमुख आयुक्त राजीव कुमारका अनुसार दिल्ली विधानसभाको नतिजा फेब्रुअरी ८ मा आउनेछ । 

दिल्लीका ७० सिटमध्ये १२ आरक्षित छन् भने ५८ सिट साधारण हुन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  २२:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro