site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसीमा योजना छनोटमा विभेद भयो : सांसद लिम्बू 

विराटनगर । जनता समाजवादी पार्टी कोसी संसदीय दलकी नेता निर्मला लिम्बूले सरकारले बजेटका योजना छनोटमा विभेद गरेको बताएकी छन् ।

कोसी प्रदेश सभाको सोमबार सुरु भएको छैटौँ अधिवेशन शुभारम्भ भएको पहिलो बैठकमा कार्यक्रम छनोटमा विभेद भएको बताइन् । उनले भनिन्,‘यही विषयमा तेस्रोपटक बोल्दै छु । प्रत्यक्ष निर्वाचित सांसदलाई एक–एक करोडका योजनामा दिइयो, तर समानुपातिकलाई पचास लाख ।’

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

समानता कायम नगरिएको उल्लेख गर्दै उनले सरकार काग कराउँदै गर्छ, पिना सुक्दै जान्छ भन्ने अवस्थामा रहेको बताइन् । सरकारको कार्य जनतामुखी र विकासमुखी नभएको उनले टिप्पणी गरिन् ।‌ 

अनगिन्ती योजना भए पनि सरकारको बजेट वितरण प्रणाली ठिक नभएको उनको भनाइ थियो ।‌

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १५:०२
प्रतिक्रिया दिनुहोस्