site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विपीन सकुशल घर फर्किने आशामा परिवार

दोधारा चाँदनी । हमास–इजरायल युद्धविराम भएपछि हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपीन जोशीको परिवार विपीन सकुशल घर फर्किने आशामा व्यग्र प्रतीक्षामा छ ।

हमास–इजरायल युद्धविरामको खबरले पन्ध्र महिनादेखि हमास समूहको नियन्त्रणमा रहेका विपीनको परिवारमा विपीन फर्किने आशा पलाएको हो ।

युद्धविरामपछि पहिलो चरणमा विपीनको नाम समावेश नभए पनि दोस्रो चरणमा विपीनको रिहाइ हुने आशा उनको परिवारमा छ । 

मलिन अनुहारमा विपीनका आमा पदमाले भनिन्, “युद्धविराम भएपछि विपीन पहिलो चरणमै छुट्लान् भन्ने आशा थियो, तर भएन । मेरो निर्दोष छोरा पन्ध्र महिनादेखि बन्धक छ ।” 

उनले यसअघि पनि युद्धविराम भएका बेला छोराको रिहाइको आशा गरिए पनि रिहाइ नभएको बताउँदै यसपटक रिहाइ हुनेमा आशावादी रहेको बताइन् ।   

“युद्धविराम हुन्छ फेरि युद्ध भइहाल्छ अझै पनि हाम्रो मनमा त्यही डर छ, कतै फेरि युद्ध त हुने होइन,” आमा पदमाले भनिन्, “जसरी हुन्छ अहिलेको युद्धविराममा मेरो छोराको सकुशल रिहाइ होस् सरकारसँग यही अनुरोध छ ।”

सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायमा अध्ययनरत ४९ विद्यार्थी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका थिए । त्यहाँ गएको एक महिना नहुँदै इजरायलको दक्षिणी क्षेत्रस्थित अलिमुम किबुजमा हमास समूहले आक्रमण गरेको थियो । 

आक्रमणमा १० विद्यार्थीको मृत्यु भएको थियो भने विपीनलाई हमास समूहले नियन्त्रणमा लिएको थियो । त्यति बेलादेखि विपीनको अवस्था अज्ञात छ ।

इजरायल सरकारले हमासले युद्धविरामको पहिलो चरणमा रिहा हुने ३३ बन्धकहरूको सूची सार्वजनिक गरेको छ । सार्वजनिक सूचीमा विपीनको नाम समावेश छैन । 

विपीनका लागि सरकार गम्भीर भएर लागेको गृहमन्त्री रमेश लेखकले बताए । “सरकारसँग प्राप्त सूचनाअनुसार विपीन हमासको नियन्त्रणमा सुरक्षित छन्, विपीनको रिहाइका लागि सरकार गम्भीर भएर लागेको छ,” गृहमन्त्री लेखकले भने,  “अहिले हमास–इजरायल युद्धविराम भएको छ, हामी विपीनको सकुशल रिहाइ हुने आशामा छौँ ।”

उनले विपीनको रिहाइका लागि सरकारले कूटनीतिक पहल गरिरहेको बताए । रासस

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  ०७:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro