site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बिर्तामोडमा हिरोको ‘एक्स्ट्रिम सिरिज’को ग्रान्ड सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले झापाको बिर्तामोडमा एक्स्ट्रिम सिरिजअन्तर्गत दुई नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले एक्स्ट्रिम १२५ आर र एक्स्ट्रिम १६० फोरभी आरको क्षेत्रीय ग्रान्ड सार्वजनिक गरेको हो ।

सीजी मोटर्सको बिर्तामोडस्थित आफ्नो आधिकारिक विक्रेता, पीटूआर अटो जोनमा एक कार्यक्रम आयोजना गरी नयाँ मोटरसाइकलको रिजनल सार्वजनिक गरिएको हो ।

Dabur Nepal
NIC Asia

हिरो मोटोकर्पले एक्स्ट्रिम रेन्जमार्फत नेपालका आधुनिक राइडरहरूको परिस्कृत माग तथा आवश्यकता पूरा गर्दै शक्तिशाली, आकर्षक र उत्कृष्ट प्रदर्शन–आधारित मोटरसाइकलको चाहना पूरा गर्ने उद्देश्य लिएको छ । एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आरले नेपालमा हिरो मोटोकर्पको नयाँ ब्रान्ड पहिचानलाई थप सशक्त बनाउनेमा कम्पनी विश्वस्त छ ।

एक्स्ट्रिम १६० आर फोरभी (प्रो)को मूल्य तीन लाख ८४ हजार ९०० रुपैयाँ, एक्स्ट्रिम १२५ आरको मूल्य सीबीएस भेरियन्टका लागि दुई लाख ८९ हजार ९०० रुपैयाँ र एबीएस भेरियन्टका लागि तीन ११ हजार ९०० रुपैयाँ तोकिएको छ ।

सार्वजनिक गरिएका दुवै मोडेल नवलपरासी स्थित सीजी इन्डस्ट्रियल पार्कमा रहेको असेम्ब्ली प्लान्टमा एक्सपल्स २०० फोरभी, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस मोटरसाइकलहरू र जुम ११० स्कूटरसँगै असेंम्बल गरिएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले सुपर स्प्लेन्डर र एक्सपल्स २०० जस्ता चर्चित ब्रान्डद्वारा नेपालको बजारमा बलियो पकड जमाएको छ । चौधरी गु्रप, नेपालको एक प्रतिष्ठित व्यवसायिक समूह, हीरो मोटोकपको नेपालका लागि आधिकारिक वितरक पनि हो । १६० भन्दा बढी कम्पनी संचालन गर्ने यस समूहसँग, १५ हजारभन्दा बढी कर्मचारीहरूको बलियो समूह र १२३ ब्रान्डहरू रहेको बताइएको छ ।  

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  १३:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro