site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बेलारुसका ३३ राजनीतिक बन्दीलाई आममाफी

वार्सा (बेलारुस) । बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले शनिबार ३३ राजनीतिक बन्दीलाई आममाफी दिने निर्णय गरेका छन् । आलोचक, पश्चिमा र स्वतन्त्र अधिकारवादी समूहले उनका एकपक्षीय कामविरुद्ध प्रदर्शनबाहेक अरू केही नगरेपछि सन् १९९४ देखि सत्तामा रहेका नेता लुकासेन्कोले आउँदो सप्ताहन्तमा आफ्नो शासन लम्ब्याउने कसरत गरिरहेका समय यो निर्णय आएको हो ।

लुकासेन्को र बेलारुसको दंगा प्रहरीले सन् २०२० मा राष्ट्रपतीय चुनावमा धाँधली भएको भन्दै सडकमा उत्रिएका दशौँ हजार प्रदर्शनकारीमाथि कडा कारबाही गरेको थियो । अधिकारवादी समूहका अनुसार, २०२० मा लुकासेन्कोका विरोधी र प्रदर्शनकारी नेतासहित एक हजारभन्दा बढी राजनीतिक बन्दीलाई पक्राउ गरिएको थियो ।

Dabur Nepal
NIC Asia

शनिबार उनले तीन महिला र ३० पुरुष गरी ३३ जनालाई माफी दिएका हुन् । उनीहरूलाई ‘अतिवादी गतिविधि’ गरेको अभियोगमा जेल सजाय सुनाइएको थियो ।

जनवरी २६ मा हुन लागेको मतदानका दौरानमा आफूलाई उदारवादी नेता पुष्टि गर्न उनले विगत ६ महिनामा २०० भन्दा बढी व्यक्तिहरूलाई क्षमादान दिई रिहा गर्ने आदेश गरेका छन् ।

लुकासेन्कोले निर्वाचनमा कुनै वास्तविक प्रतिस्पर्धाको सामना गर्नुपर्ने छैन । गत हप्ता एक कारखानाको भ्रमणका क्रममा उनले बहस सञ्चालन गर्नुको कुनै अर्थ नदेखेको र वास्तवमा चुनावी अभियानलाई पछ्याइरहेको बताएका थिए ।

शनिबारको क्षमादानमा रिहा भएकाहरूको पहिचान सार्वजनिक गरिएको छैन । तीमध्ये कोही पनि देशको विपक्षमा रहेका प्रमुख व्यक्तिहरू हुन् वा होइनन् भन्ने स्पष्ट भएको छैन ।

राजनीतिक कैदीहरूलाई कठिन परिस्थितिमा राखिएको छ । उनीहरूलाई प्रायः वकिलहरूको पहुँच वा बाहिरका आफन्तसँग सम्पर्क गर्न दिइँदैन । रासस/एएफपी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  १५:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro