site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
समाजवादी मोर्चासँग सहकार्यको सम्भावना छैन : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चासँग सहकार्यको सम्भावना नरहेको बताएका छन् । 

आज शनिबार ‘बलिदान दिवस’का अवसरमा लहानमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले मोर्चासँग तत्काल सहकार्यको समभावना नरहेको स्पष्ट पारेका हुन् । 

अध्यक्ष यादवले सहिदको प्रतिमामा माल्यार्पण गर्दै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था ल्याउन मधेस आन्दोलनको भूमिका रहेको बताए ।

प्रतिपक्षी दलहरूले समाजवादी मोर्चालाई सशक्त बनाउन लागिरहेका वेला यादवको सो भनाइ आएको हो । प्रचण्ड प्रधानमन्त्री भएका वेला उपेन्द्र मन्त्रीका रूपमा विदेश भ्रमणमा रहँदा अशोक राईको नेतृत्वमा उनको दल विभाजन भएको थियो ।

दल विभाजन हुनुको दोष उपेन्द्रले प्रचण्डलाई लगाउँदै आएका छन् । त्यसैकारण उनी तत्काल समाजवादी मोर्चामा सहभागी हुन नचाहेका हुन् । 

प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  १३:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro