site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
मेट्रोमा विद्यार्थीलाई ५० प्रतिशत छुट दिन केजरीवालको माग, मोदीलाई लेखे पत्र

काठमाडौं । दिल्लीका पूर्वमूख्यमन्त्रीसमेत रहेका आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले मेट्रोमा विद्यार्थीहरूलाई ५० प्रतिशत छुट दिन माग गरेका छन् ।

चुनावको मुखमा केजरीवालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक पत्र लेखेर मेट्रोमा विद्यार्थीहरूलाई ५० प्रतिशत छुटको व्यवस्था गर्न माग गरेका हुन् ।

युवा मतदातालाई आफ्नो पक्षमा पार्न केजरीवालले केन्द्र सरकारसँग ठूलो माग गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दिल्ली मेट्रोमा केन्द्र र दिल्ली सरकार दुवैको हिस्सा छ । विद्यार्थीलाई ५० प्रतिशत छुट दिँदा पर्ने आर्थिक भार केन्द्र र दिल्ली सरकारले बेहोर्नुपर्ने केजरीवालको भनाइ छ ।

केजरीवालले दिल्लीमा विद्यार्थीहरूलाई नि:शुल्क बस यात्राको व्यवस्था गर्न लागिएको पनि बताएका छन् ।

दिल्लीमा ५ फेब्रुअरीमा विधानसभा चुनाव हुँदै छ । चुनावको नतिजा ८ फेब्रुअरीमा घोषणा हुनेछ ।

आम आदमी पार्टीले विधानसभा चुनावमा दिल्लीका सबै ७० सिटमा उमेदवार उठाएको छ । अर्कोतर्फ, भाजपा र कांग्रेसले पनि सबै ७० सिटमा उमेदवारलाई मैदानमा उतारेका छन् । भाजपाले भने गठबन्धनमा रहेका अन्य दुई दललाई एक–एक सिट दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  ११:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro