site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्टारसिपको सातौँ परीक्षण पनि असफल

काठमाडौं । विश्वकै शक्तिशाली रकेट स्टारसिपको सातौँ परीक्षण पनि असफलभएको छ। रकेट आज बिहान नेपाली समयअनुसार बिहान ४:१५ बजे टेक्सासको बोका चिकाबाट प्रक्षेपण गरिएको थियो । 

प्रक्षेपणको ८ मिनेटपछि बुस्टर अलग भएर प्रक्षेपण प्याडमा फर्किएको थियो । तर, रकेटमा अक्सिजन चुहावट भएका कारण त्यो विस्फोट भयो ।

अन्तरिक्ष यान र सुपर हेभी रकेटलाई सामूहिकरूपमा 'स्टारसिप' भनिन्छ । स्टारसिपमा ६ वटा र्‍याप्टर इन्जिन छन् भने सुपर हेभीमा ३३ र्‍याप्टर इन्जिन छन् ।

रकेटमा विस्फोट भएपछि यसका टुक्राहरू जमिनमा खसेका थिए । एलन मस्कले यसको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन् ।

यसअघि, स्टारसिपको छैटौँ परीक्षण नोभेम्बर २० मा टेक्सासको बोका चिकाबाटै गरिएको थियो । परीक्षण हेर्न अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प पनि स्टारबेसमा पुगेका थिए । त्यतिबेला बुस्टरलाई प्रक्षेपणपछि लन्चप्याडमा फिर्ता गर्नुपर्ने थियो । तर, सबै प्यारामिटर ठिक नभएका कारण पानीमा अवतरण गर्ने निर्णय गरिएको थियो ।

स्टारसिपलाई एलन मस्कको कम्पनी स्पेसएक्सले बनाएको हो । यसको उचाइ ३९७ फिट छ । यसलाई पूर्णरूपमा पुन: प्रयोग गर्न मिल्ने गरी बनाइएको छ । यसले १५० मेट्रिक टन भार बोक्न सक्छ । यसले एक पटकमा १०० जनालाई मंगल ग्रहमा लैजान सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  ०७:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro