site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जलवायु सम्मेलनमा नेपालको कमजोरी भएकै हो : मन्त्री शाही
Tiktok banner adTiktok banner ad

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विश्व जलवायु सम्मेलन (कोप २९)मा नेपालका तर्फ भएका कमजोरीलाई आगामी दिनमा सुधार गर्दै लैजाने बताएका छन् । 

सिंहदरबारमा बिहीबार बसेको राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा मन्त्री ठकुरीले छोटो समयको तयारीका कारण कोपमा केही कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा सुधार गर्दै अघि बढ्ने बताएका हुन् । 

सरकारले कोप जान कुनै बजेट विनियोजन नगरेको र सीमित स्रोत र साधनका कारण अधिकतम रूपमा सरोकारवाला निकायलाई सहभागी गराउन नसकिएको उनले बताए । मन्त्री ठकुरीले ब्राजिलमा हुने आगामी कोप सम्मेलनका लागि पनि अहिलेदेखि नै तयारी गर्नुपर्नेमा जोड दिए । 

उनले कोपमा जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेका समस्या विश्वमाझ उजागर गर्न सफल भएको धारणा राखे । 

विश्व जलवायु सम्मेलन (कोप २९) को समीक्षा र नेपालको आगामी कार्यदिशाका बारेमा समितिले वन मन्त्रालयसँग छलफल गरेको हो । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  १९:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro