site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारमा सहभागी कांग्रेसका मन्त्रीको बैठक देउवानिवास बूढानीलकण्ठमा बस्दै 

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीहरूलाई छलफलका निम्ति बोलाएका छन् । देउवाले कांग्रेसतर्फका मन्त्रीहरूलाई आज बिहान ८ बजे बूढानीलकण्ठस्थित आफ्नो निवासमा बैठक राखेका छन् ।

“सभापतिज्यूले कांग्रेसका सबै मन्त्रीलाई छलफलका लागि बोलाउनुभएको छ । मन्त्री भएपछि आफूले गरेको कामको प्रगति विवरण र सामना गर्नुपरेका समस्याहरू ब्रिफिङ गर्न बोलाउनुभएको हो,” सभापति देउवाका स्वीकयसचिव भानु देउवाले बाह्रखरीसित भने ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा कांग्रेसतर्फबाट आठ मन्त्री छन् । मन्त्रीहरूको कामका विषयमा जनगुनासो बढेपछि देउवाले छलफलका निम्ति बोलाएका हुन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  ०६:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro