site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
चुनावको मुखमा दिल्लीका पूर्वमुख्यमन्त्री केजरीवालविरुद्ध मुद्दा चलाउन अनुमति
फाइल तस्बिर ।

काठमाडौं । भारतको गृह मन्त्रालयले दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवालविरुद्ध ‘मनी लाउन्डरिङ’ (सम्पत्ति शुद्धीकरण)को मुद्दा दायर गर्न प्रवर्तन निर्देशनालय (ईडी)लाई स्वीकृति दिएको छ ।

दिल्लीका उपराज्यपाल विनयकुमार सक्सेनाले केजरीवालमाथि मुद्दा चलाउन अनुमति दिएको केही दिनपछि गृह मन्त्रालयले पनि स्वीकृति दिएको हो । ईडीले गत डिसेम्बर ५ मा अनुमति मागेको थियो । तर, उपराज्यपाल सक्सेनाले गत शनिबारमात्र अनुमति दिएका थिए ।

सर्वोच्च अदालतले गत नोभेम्बर ६ मा केजरीवालविरुद्ध मुद्दा चलाउन उपराज्यपाल र गृह मन्त्रालयको स्वीकृति लिनुपर्ने भनेको थियो ।

दिल्लीमा आउने फेब्रुअरी ५ मा विधानसभा चुनाव हुँदै छ । त्यसको २० दिनअघि गृह मन्त्रालयले केजरीवालविरुद्ध मुद्दा चलाउन स्वीकृत दिएको हो ।

आम आदमी पार्टीले भने गृह मन्त्रालयको निर्णयको विरोध गरेको छ । पार्टीकी प्रवक्ता प्रियंका कक्कडले झुटा मुद्दा दायर गरेर आम आदमी पार्टीका नेताहरूलाई बदनाम गर्ने प्रयासलाई निरन्तरता दिइएको बताएकी छन् । तर, सत्तारूढको पुरानो तरिकालाई जनताले बुझिसकेको उनको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १२:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro