site stats
बाह्रखरी :: Baahrakhari
देश
डेढ महिनादेखि बेपत्ता वृद्ध मृत भेटिए
प्रतीकात्मक तस्बिर ।

वाग्मती । करिब डेढ महिनादेखि बेपत्ता एक वृद्ध मकवानपुरको भीमफेदी गाउँपालिका–२ रिठ्ठेडाँडामा मृत अवस्थामा भेटिएका छन् । 

भीमफेदी गाउँपालिका–९ स्थित भान्जीको घरबाट फर्किने क्रममा गत कात्तिक १४ गते बेपत्ता भएका मकवानपुरको कैलाश गाउँपालिका–७ भार्ता निवासी ७० वर्षीय टीकाराम प्रजाको शव सडेगलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनका अनुसार, प्रजाको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइएको छ ।

मामाको खोजी गर्न प्रजाका भान्जा रामहरि प्रजाले गत मंसिर ४ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा निवेदन दिएका थिए । मृतकले लगाएको कपडा र साथमा रहेको झोलाका आधारमा मृतक प्रजाको सनाखत भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए । रासस

प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  १३:०७
प्रतिक्रिया दिनुहोस्