site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यू–१९ महिला विश्वकप : अभ्यास खेलमा नेपाल पराजित

काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकपको अभ्यास खेलमा नेपाल पराजित भएको छ । वेस्ट इन्डिजसँगको खेलमा नेपाल नौ रनले पराजित भएको हो । 

मलेसियामा आज भएको पहिलो अभ्यास खेलमा वेस्ट इन्डिजले नेपाललाई जितका लागि एक सय १० रनको लक्ष्य दिएको थियो । नेपालको पारी १९ दशमलव एक ओभरमा एक सय रनमै समेटियो ।

नेपालका लागि सिमाना केसीले २३, पूजा महतोले १८, किरण कुँवरले १८ र सोनी पाख्रिनले १५ रन बनाए । बलिङतर्फ वेस्ट इन्डिजकी त्रिशा हरदत, आलिया विकिज र आमिया गिल्बर्टले दुई–दुई विकेट लिइन् । 

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा चार विकेट गुमाएर एक सय नौ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि जजारा क्लक्सटनले अविजित २२ रन बनाइन् । यस्तै, कप्तान समारा रमनथले २५ र अबिगेल ब्राइसले १९ रनको योगदान दिए । 

बलिङतर्फ नेपालकी सिमाना केसी र रचना कुमारी चौधरीले एक–एक विकेट लिए । 

नेपालले दोस्रो अभ्यास खेल आगामी माघ २ गते अमेरिकासँग खेल्नेछ । माघ ५ गतेदेखि मलेसियामा सुरु हुने यू–१९ महिला टी–२० विश्वकपमा नेपाल समूह ‘डी’मा रहेको छ । उक्त समूहमा बंगलादेश, स्कटल्यान्ड र अस्ट्रेलिया रहेका छन् । 

नेपालले माघ ५ गते बंगलादेशसँग, माघ ७ गते स्कटल्यान्डसँग र माघ ९ गते अस्ट्रेलियासँग खेल्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  १७:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro