site stats
बाह्रखरी :: Baahrakhari
देश
एआईको प्रयोगमा नेपाल दक्षिण एसियामै कमजोर : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एआईको प्रयोगमा नेपाल दक्षिण एसियामै कमजोर रहेको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको सोमबारको बैठकमा उनले एआईको प्रयोगमा नेपाल भुटानभन्दा पनि कमजोर रहेको बताएका हुन् ।

“...अस्ति भर्खर आएको जस्तो लाग्छ त्यो प्रविधि । अरू त यति धेरै फास्ट भइसकेको रहेछ, हामी त भुटान भन्दा पनि पछाडि भइसक्यौँ,” उनले भने, “एआईको पोलिसी चाँडोभन्दा चाँडो बनाएर एआईको ऐनको ड्राफ्ट पनि गर्दै छौँ ।”

Argakhachi Cement Island Ad

उनले नीति पारित भएपछि एआईको प्रयोग बढ्ने विश्वास व्यक्त गरे । सुशासन कायम गर्न नागरिक एपको भूमिका महत्त्वपूर्ण रहेको उनको भनाइ थियो ।

“...नागरिक एप कार्यान्वयन गर्ने भनेर हामीलाई जिम्मा दिएको छ । नागरिक एप गाइड गर्ने कुनै ल नै भएन हामीसँग,” उनले भने, “सुशासनमा यत्ति महत्त्वपूर्ण भुमिका रहेछ त्यसको, त्यो चिज व्यवस्थापन गर्नुपर्नेछ ।”

मन्त्री गुरुङले आमसञ्चार विधेयकमै अनलाइन सञ्चारमाध्यमलाई समेटेर व्यवस्थित गर्ने गरी विधेयक ल्याइने बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  १४:५५
प्रतिक्रिया दिनुहोस्