राजनीति
विराटनगर । कोसी प्रदेशसभाको छैटौँ अधिवेशन आहृवान गरिएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले सोमबार आउँदो माघ ७ गते दिउँसो २ बजे बस्ने गरी प्रदेशसभा बैठक आहृवान गरेका हुन् ।
आइतबार बिहान बसेको कोसी मन्त्रिपरिषद्को बैठकबाट प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको थियो ।
प्रदेशसभामा योपटक केही पुराना ऐन संशोधन र नयाँ विधेयक समेत लैजाने सरकारको तयारी छ । हाल कोसी प्रदेशमा नेकपा (एमाले) नेतृत्वको सरकार छ ।
प्रकाशित मिति: सोमबार, पुस २९, २०८१ १२:२४
प्रतिक्रिया दिनुहोस्