site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आठ महिनामा पाँच लाख ४७ हजार पासपोर्ट जारी
फाइल तस्बिर ।

काठमाडौं । राहदानी विभागबाट आठ महिनामा पाँच लाख ४७ हजारथानभन्दा धेरै राहदानी (पासपोर्ट) जारी गरिएको छ । यो वर्ष गएको मंसिरसम्म पाँच लाख ४७ हजार ३९१ थान पासपोर्ट जारी गरिएको परराष्ट्रमन्त्री आरजु राणा देउवाले जानकारी दिइन् ।

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमबारको बैठकमा उनले चालु आर्थिक वर्षमा मन्त्रालयको हालसम्मको कार्यबारे जानकारी गराइन् ।

हालसम्म ४० लाख ३१ हजारथान विद्युतीय राहदानी वितरण गरिएको उनले बताइन् । नेपालमा ०७८ मंसिरदेखि इलेक्ट्रोनिक पासपोर्ट वितरण थालिएको थियो ।

पछिल्लोपटक गएको मंसिरमा ६४ लाखथान पासपोर्ट छपाइका निम्ति ठेक्का आह्वान गरिएको उनले जानकारी दिइन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  १२:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro