site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकारले अध्यादेशमार्फत विधेयक ल्याउने कुराको विरोध गर्छौँ : प्रमुख सचेतक पाण्डे

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले अध्यादेशमार्फत विधेयक ल्याउने कुराको पार्टीले विरोध गर्ने बताएका छन् ।

आइतबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक पाण्डेले संसद्‌मार्फत नै सरकारले विधेयकका कामहरू अगाडि नबढाए विरोध गर्ने बताए । उनले अध्यादेशमार्फत ल्याइएका विधेयकहरू जनताको हितमा नहुने र जनताको आवाज सम्बोधन गर्न नसक्ने उल्लेख गरे ।

उनले संसद्को हिउँदे अधिवेशन छिटो सञ्चालन गर्न माग समेत गरे । कांग्रेस–एमाले समीकरणको सरकारले जनताको हित हुने काम गर्न नसकेको समेत आरोप लगाए । माओवादी केन्द्र जनतासँग जोडिने अभियान रहेको उल्लेख गर्दै जनताका समस्याहरू ल्याएर संसद्‌मा राख्ने पनि बताए । माओवादी केन्द्र सरकार ताकेर नबसेको समेत उनले स्पष्ट पारे ।

पाण्डेले भने, "अहिले धेरै विधेयकहरू पारित भएका पनि छैनन् । अनि हामी निरन्तर समितिहरूमा छलफल गरेर छिटो समितिबाट सभामा लैजानुपर्छ भनेका छौँ । तर सरकार जसरी अध्यायदेशबाट विधेयकहरू ल्याइरहेको छ यो बेठिक छ । यसले ठिक ढंगले जनताका आवाजहरूको सम्बोधन गर्न सक्दैन । त्यसकारणले छिटोभन्दा छिटो संसद् बोलाउनुपर्छ ।"

नेकपा (माओवादी केन्द्र सरकारतिर नभई जनतातिर जान चाहिरहेको उनको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  १८:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro