site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अध्यादेश स्वाभाविक, सरकारले संसद्लाई अवज्ञा गरेको छैन : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले संसद्को अधिवेशन नचलिरहेको बेला सरकारले अध्यादेश ल्याउन सक्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ज्ञवालीले अध्यादेश ल्याउने विषयलाई संसद्को अधिकार कटौती गरेको भनेर बुझ्न नहुने जिकिर गरे ।

संविधानको धारा ११४ मा टेकेर सरकारले अध्यादेश ल्याएको उनको भनाइ छ । "नेपालको संविधानको धारा ११४ ले अध्यादेशहरूको व्यवस्था गरेको छ । सरकारले संसद्को अधिवेशन नचलिरहेको बेला अध्यादेश ल्याउन सक्छ । त्यो चाहिँ पार्लियामेन्टको अधिकारलाई कटौती गरेको होइन," उनले भने ।

Dabur Nepal
NIC Asia

उपमहासचिव ज्ञवालीले सदनको पहिलो बैठकमै अध्यादेश पेस हुने र पारित नभए स्वतः निष्क्रिय हुने बताए । कानून बनाउन पाँच वर्षसम्म लाग्ने स्थिति रहेका बेला र संसद् पनि नचलेको समयमा अध्यादेश ल्याएको विषयलाई संसद्को अवज्ञा भन्न नहुने उनको भनाइ छ ।

"अहिले सरकारले ल्याएका दुईवटा अध्यादेश छन् । सहकारीपीडित महिनौँदेखि लडिरहनुभएको छ, सडकमा हुनुहुन्छ । कतिले उपचार नपाएर ज्यान गुमाउनुपरेको छ । अहिलेसम्म कमाएको पैसा सहकारीमा जम्मा गरेको हुनुहुन्छ । केही मान्छेले अनियमितता गरे, रकम दुरुपयोग गरे । उहाँहरू सडकमा हुनुहुन्छ । हामीले एक वर्षपछि कानून बनाउँछौँ भनेर क्यान्सरपीडितले त पर्खिएर बस्न सक्दैन होला । त्यस्ता समस्या पर्दछन् भनेर नै संविधानले अध्यादेशको व्यवस्था गरेको होला । संसद्लाई अवज्ञा गरेको भन्ने रूपमा बुझ्ने भन्दा पनि आवश्यकताले ल्याउनुपरेको हो," ज्ञवालीले भने ।

उपमहासचिव ज्ञवालीले दलहरूमाथि हुने प्रहारले लोकतन्त्रलाई कमजोर बनाउने बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  १३:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro