site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वैज्ञानिक समाजवादीले एमसीसी र बीआरआई दुवैको विरोध गर्ने

काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा पुनः विश्वभक्त दुलाल ‘आहुति’ चुनिएका छन् । सो पार्टीले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी प्रथम राष्ट्रिय सम्मेलनले लिएका निर्णय सार्वजनिक गरेको छ । 

पत्रकार सम्मेलनमा बोल्दै महासचिव आहुतिले नेपालमा समाजवादी क्रान्ति परम्परागत ढंगले सम्पन्न हुननसक्ने जिकिर गरेका छन् । उनले आगामी ३ महिनाभित्र कसैले पनि नसोचेको नयाँ अवधारणा सार्वजनिक गर्ने दाबी समेत गरेका छन् ।

महासचिव आहुतिले आफ्नो पार्टीको निर्देशक सिद्धान्त मूल रूपमा माक्र्सवाद–लेनिनवाद–माओवाद नै भए पनि समयक्रम र नेपालको अवस्था अनुकूल त्यसमा परिमार्जनसहित आफ्नो पार्टीले नयाँ अवधारणा सार्वजनिक गर्ने तयारी गरिरहेको जानकारी दिए । परम्परागत पिरामिड आकारको प्रणालीबाट असफल भइसकेकाले प्रत्यक्ष जनवादमा आधारित संगठनात्मक प्रणालीको अभ्यास आफूहरूले गर्न थालेको पनि बताए । 

राजनीति समाजसेवाभन्दा पनि कमाउधन्दाका रूपमा चल्न लागेको बताउँदै उनले भने,“यसलाई व्यवसायका रूपमा लिँदा आज देश र जनहितमा हैन कि, उनैलाई शोषण गर्ने अस्त्र बन्न थाल्यो, त्यसका लागि हामीले आत्मनिर्भर नेता–कार्यकर्ता र स्वच्छ राजनीति’का लागि नयाँ अवधारणा ल्याएका छौँ र त्यसलाई आमबहसमा पनि ल्याइनेछ ।”

पार्टीको पुस १९ देखि २१ सम्म चलेको प्रथम राष्ट्रिय सम्मेलनले आहुतिलाई महासचिव र मदन अर्याललाई प्रवक्ताको जिम्मेवारीसहित ५१ सदस्यीय केन्द्रीय समिति चयन गरेको जानकारी दिएका हुन् । देशको भौगोलिक क्षेत्रलाई १० वटा ब्युरो र एउटा प्रकाशन ब्युरो गरी जम्मा ११ ब्युरोमा विभाजन गरी संयोजकको जिम्मेवारीसमेत तोकिएको पत्रकार सम्मेलनमा जानकारी दिए ।

सम्मेलन पछि बसेको केन्द्रीय समिति बैठकले तीन महिने कार्ययोजना निर्माण गरी जसमा माघ २० गतेसम्म सबै ब्युरोस्तरीय प्रशिक्षण सम्पन्न गर्ने, फागुन र चैत्र महिनामा दुईमहिने विशेष राजनीतिक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । अभियानका क्रममा सबै तहका सरकारको हिसाब खोज्ने, भ्रष्टहरूलाई कारबाही गर्ने, जनताका समस्या समाधान गर्न पहल लिने निर्णय लिएको जनाएको छ । 

अभियानको उत्कर्षको रुपमा चैत्र २४ गते देशव्यापी प्रदर्शन गर्ने तथा चैत्र अन्तिम साता केन्द्रीय पार्टी स्कुल सञ्चालन गर्ने निर्णय गरिएको पनि जानकारी दिएको छ ।

सो सम्मेलनले वर्तमान संविधानप्रदत्त निःशुल्क शिक्षा र स्वास्थ्यको ग्यारेन्टी गरिनुपर्ने, अकासिँदो मूल्यवृद्धि रोकिनुपर्ने, बैंक, सहकारी, लघुवित्त तथा वित्तीय उत्पीडनको अन्त्य हुनुपर्ने, विकासको नाममा एमसीसीजस्तो अमेरिकी रणनीतिक सैन्य परियोजनाविरुद्ध जनता एकजुट हुन अपिल तथा चिनियाँ परियोजना बीआरआई पनि आर्थिक साम्राज्यको अर्को नमुना भएकाले विरोधलगायतका १४ बुँदे प्रस्ताव पारित भएको र सोहीअनुसार आफूहरू अघि बढ्ने जानकारी दिएको छ ।

आहुतिको नेतृत्वमा बनेको ५१ सदस्यीय केन्दीय समितिमा जागृत रायमाझी, धनकुमारी सुनार, राजकुमार हिङमाङ, राजेश्वरी सुवेदी, बुद्धलक्ष्मी महर्जन, सुरेन्द्र लुइँटेल, रुपा सुनार, भुपाल साम्पाङ राई, सुवास पाण्डे, सतिसाल, मोहन लकान्द्री, सुरज राई, लक्ष्मण न्यौपाने, बुद्धिराम ठटाल, हिरादेवी दास, जीवन प्रतीक, धनबहादुर श्रेष्ठ, रुकु रणपाल, शान्ति गजमेर, वैद्यनाथ ठाकुर, प्रेम गैरे, तीर्थराज मजकोटी, भावना, हिमांसु घिमिरे, प्रकाश शर्मा, शशि विश्वकर्मा, भुवन सेन्चुरी, टीबी लामिछाने, राजेश नेपाली, यशोदा बराल, श्याम कुँवर, पुष्प भण्डारी, देवसिंह लामा, तीर्थमाया तामाङ, नरेन्द्र सेराला, काल्साङ लामा, डेबिड परियार, रुविना झा र राजन डोने छन् । त्यसैगरी रवि गुरागाईं र मोहन साशंकरलाई केन्द्रीय सल्लाहकार तथा प्रेमबहादुर विकलाई पार्टी केन्द्रीय कार्यालय सचिवमा चयन गरेको जनाइएको छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १७:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro