site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
धरौटीमा रिहा भए स्वर्णलक्ष्मी सहकारी ठगीका दुई प्रतिवादी 

काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा पक्राउ परेका दुई प्रतिवादी धरौटीमा रिहा भएका छन् । उक्त सहकारीका सञ्चालक समिति सदस्य कमल लामा र लेखा सुपरिवेक्षण सदस्य सुनिता नेवा धरौटीमा रिहा भएका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरूलाई कात्तिक २० गते पक्राउ गरेको थियो । उनीहरूलाई जिल्ला अदालत काठमाडौंले बुधबार धरौटीमा रिहा गरेको जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले जानकारी दिए । 

जिल्ला अदालत काठमाडौंका न्यायाधीश पदमराज पाण्डेको इजलासले सुनितासँग ४ लाख र कमलसँग ३ लाख रुपैयाँ धरौटी  माग गरेको थियो । उक्त धरौटी बुझाएर उनीहरू रिहा भएका हुन् । 

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  २१:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro