site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मिर्गौला पीडितलाई १५ लाख सहयोग हस्तान्तरण

काठमाडौं । गोरखाका जिल्ला सहिद लखन गाँउपालिका–८, बुंकोटका मिर्गौलापीडित कुमार थापालाई १५ लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । गोरखा घर भई हाल काठमाडौंलगायत विभिन्न देशमा बसोवास गर्दै आएकाहरूले मुठ्ठी दान अभियानअन्तर्गत उनलाई सो रकम प्रदान गरेका हुन् । 

मिर्गौलापीडित ४० वर्षीय थापाको उपचारका लागि उक्त रकम संकलन गरिएको हो । संकलित उक्त रकम बुधबार पीडितलाई हस्तान्तरण गरिएको छ । 

सो अभियानका संयोजक उत्तरकुमार श्रेष्ठ, नवराज अंगाई र पूर्वउपसचिव खिलप्रसाद भट्टलगायतको सक्रियतामा पीडित थापाको मिर्गौला प्रत्यारोपणका लागि आर्थिक सहयोग जुटाइएको हो । 

एउटा गोरखालीले अर्को गोरखाली नागरिकको जीवन बचाउँनुपर्छ भन्ने उद्देश्यअनुरूप  ‘कुमार थापा जीवन बचाउ’ अभियान सञ्चालन गरेर उक्त रकम जुटाइएको संयोजक श्रेष्ठले बताए । 

सो अभियानमा सबै पेसा, व्यवसाय, धर्म, समुदाय, राजनीतिक आस्था विचार भएका र देश–विदेशमा रहेका गोरखालीले सहयोग गरेको बताइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  २०:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro